नियम ११
नमूना प्याकेट (स्याम्पुल प्याकेट)

(क) नमूना प्याकेटमा विश्वसनीय व्यापारिक नमूनाहरू हुनु पर्छ र त्यस्ता नमूनाको बिक्रि मूल्य हुनु हुँदैन । पठाउनेको र पाउनेको नाम, ठेगाना, दर्जा, पेशा र चलानीको मिति पठाउनेको सहीछाप टेलिफाेन नम्बर, टेलिग्राफिक ठेगाना, सम्बन्धित वस्तुको ट्रेडमार्क थान, संख्या, मूल्य नाप तौल उपलब्ध परिमाण र मूल्य बारेको मूल कुराहरू तथा चीजको प्रकृति र सो जनाउने अरू आवश्यक कुराहरू प्याकेटको भित्रपट्टि वा बाहिरपट्टि देखाउने बाहेक अन्य कुराहरू लेखिएको हुुनु हुँदैन,
(ख) नमूनाहरू कुनै थैली, बट्टा, बाकस वा खाममा राख्न सकिनेछ तर तुरून्त खोली वा उघारी भित्रको चीज जाँच्न सकिने गरी राखिएको हुनु पर्छ । एउटा मात्र सिङ्गाे काठ वा धातुको टुव्रलाई प्याक बन्दी गर्न अनिवार्य छैन । तर त्यस्तो हुलाक वस्तुमा ठेगाना र टिकटको निमित्त एउटा टेबुल टाँसिएको हुनु पर्छ,
(ग) चर्कने वा फुट्न सक्ने नमूनाका वस्तुहरूलाई पनि बाटामा हुलाकको कर्मचारीलाई वा डाँकलाई नोक्सान नहुने गरी सुरक्षित ढङ्गबाट धातुको, काठको वा बलियो कार्डबोडको पट्टा वा बाकसमा सुरक्षित ढङ्गबाट सुरक्षित ढङ्ग सँग प्याक गरी नमूना प्याकेटमा पठाउन सकिनेछ,
(घ) तरल पदार्थ, तेलहरू र सजिलैसँग बाल्ने चीजहरू राम्रोसँग बन्द गरिएको बट्टामा राख्नुपर्छ र यस्तो बट्टालाई धातुको वा बलियो काठको
अथवा बलियो कार्डबोर्डको बाकसमा राखी कपास, काठको धूलो वा तरल पदार्थ सोस्न सक्ने वस्तु बाकसको वरिपरी प्रशस्त मात्रामा राख्नु पर्छ,
(ङ) सजिलैसँग पग्लने नरम र चिल्ला पदार्थहरू जस्तै मलहम, नरम साबुन, रेसि· र रेशमी कीरा इत्यादिलाई एउटा भित्री बाकस वा थैलामा हालेर मात्र बाहिरी काठ, धातु वा बलियो मोटो छालाको बाकसमा राखिनु पर्छ,
(च) र·को धूलो बलियो टिनको बट्टामा काठको बाकस भित्र काठको धूलो सहित दोहोरा कभरभित्र राखिनु पर्छ । यस्तो धूलो टिनको बट्टा र धातु, काठ वा कार्डबोर्डको बाकसको बीचमा राखिनु पर्छ । यसरी बनाएको बाकस कपडाको थैलीमा राखी बन्द गर्नु पर्छ,
(छ) सजीव माहुरी सबै खतराहरूको बचाउ हुनेगरी बनाइएको बाकसमा राखिनु पर्छ तर सो वस्तु जाँच्न सकिने गरी राख्नु पर्नेछ,
(ज) सामान्य तरिकाबाट प्याक गरेमा नष्ट हुने चीजहरूलाई बलियो र सुरक्षित तवरले बन्द गरिएमा मात्र स्वीकृत गरिनेछ । औद्योगिक तथा वनस्पति वस्तुको नमूनाहरू पनि शुरू देशको जा“च गर्ने अधिकारीद्वारा सिलबन्दी गरिएको वा कारखानाद्वारा बन्द गरिएको कभर बन्द गरिएमा मात्र स्वीकृत गरिनेछ । यस्तो खण्डमा पठाउने वा पाउने प्याकेटको केही अंश खोलेर वा अरू कुनै सन्तुष्ट तरिकाले भित्रको चीज जा“च गर्ने काममा मद्दत गर्नु पर्नेछ,
(झ) ……….
(ञ) नमूना प्याकेटको लम्बाई, चौडाई र मोटाई चिठ्ठी सरहनै हुनेछ र त्यसको अधिकतम तौल एक किलोसम्म हुन सक्नेछ ।
(ट) नमूना प्याकेटमा लाग्ने हुलाक महसुल टिकट टा“सी अग्रीम भुक्तानी गर्नु पर्नेछ । लाग्ने महसुल नतिरिएको व्यक्तिगत किसिमका लेखापढी भएको कुनै चिठ्ठी टिप्पणी वा लिखित खामिएको यो नियम अनुसार प्याक नभएको वा हुलाक टिकट वा अरू रूपैयाँमा सटही हुने कागज खामिएको वा नाप तौलको हद नाघेको वा कुनै बिक्री गरिने योग्य वस्तु भएमा पठाउनेकहाँ नै फिर्ता गरिनेछ । पठाउनेले जो चाहिने कुराहरू पूरा गरी फेरी हुलाक दाखिला गरेमा नयाँ वस्तुमा लाग्ने महसुल तिर्नु पर्नेछ ।